अरुका छोराछोरीलाई लगेर विदेश जाने हो भने निम्न प्रक्रिया अपनाउनुहोस्, नत्र अध्यागमनले रोक्नेछ

फाइल फोटो

काठमाडौं १७ असार । सरकारले नाबालकहरुको प्रस्थान अनुमतिको लागि कडाइ गरेको छ ।

त्रिभुवन विमानस्थल हुँदै विभिन्न मुलुकहरुमा जानभनि कसैको नाबालकबालिका साथमा लिएर जाने नेपाली यात्रुहरुको संख्या बढेकोले अध्यागमन विभागको कार्यालयले एक सूचना प्रकाशित गरी कडाइ गरेको हो ।

आफ्नो सन्तानबाहेक कसैको बालबच्चा साथमा लिएर जाने विषय संवेदनशील भएकाले कसैले लैजानै परेमा आवश्यक कागजपत्र पुरा गरेर मात्र लैजान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा/छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।

उक्त शर्त पुरा नगरि लैजान खोजेमा अध्यागमनले फिर्ता पठाउने उल्लखे गरिएको छ ।

छोराछारीबाहेक नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक/संरक्षक/संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ ।

सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा प्रशासनले मन्जुरीनामा पाउने व्यक्तिको नाम र नावालक दुबैको फोटो समेत राखी अभिभावक भएको गन्तव्यस्थल खोली यात्रा सहजीकरणका लागि सिफारिस गरेको अवस्थामा मात्र अध्यागमनले यात्राको अनुमति दिने छ ।

यस्तो सिफारिस स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले गरेमा समेत मान्य हुने भएको छ । यस्तो सिफारिस गर्ने पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सिफारिस पत्रमा राख्नु पर्ने समेत सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here