आईएमई लाइफ इन्स्योरेन्समा ब्राञ्च म्यानजरको जागिर खुला

असार १८, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा सहरका लागि ब्रान्च म्यानेजर पदमा आवेदन माग गरेको हो ।

यसका लागि कम्तिमा स्नातक उत्तीर्ण गरेका र जीवन बीमा तथा बैंक क्षेत्रमा अनुभव भएका इच्छुकले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार उम्मेदवारहरुलाई आगामी साउन ३० गतेभित्रमा व्यक्तिगत विवरण, शैक्षिक योग्यतासहितको आवेदन कम्पनीको मेल ठेगानामा पठाउन पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here