नेपाल-भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनीलाई एम्बुलेन्स

दोधारा । दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारतिय राजदुतावासले दिएको एम्बुलेन्स प्राप्त भएको काठमाण्डौंबाट खबर पठाएका छन् ।

नेपाल–भारत मैत्री बिकास साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

काठमाण्डौंमा भएको उक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई नेपाल स्थित भारतका राजदुत नविन श्रीवास्तावले एम्बुलेन्सको साँचो प्रदान गरेका हुन् ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले एम्बुलेन्स प्राप्त भएको र दोधारा चाँदनी नगर क्षेत्रको स्वास्थ्य सेवामा सहयोग पुग्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here