फेस अफ मारवाडीको दोस्रो संस्करण हुँदै

काठमाडौं, २ साउन । फेस अफ मारवाडीको दोस्रो संस्करण हुने भएको छ । जसअन्तर्गत मिस्टर एण्ड मिस मारवाडी हुनेछन् ।

सौन्दर्यमा आधारित यो कार्यक्रम जुलाई २० मा होटल अन्नपुर्ण दरवारमार्गमा हुने आयोजकले बताएको छ ।

यस वर्षको प्रतियोगितामा बलिवुड सेलीब्रेटीहरुको उपस्थिती हुने आयोजक पेज थ्रि ले बताएको छ ।

बलिवुड सेलीब्रेटी करण कुन्द्रा र नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा कार्यक्रमको होस्टिङ गर्ने छन् ।

भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरीका साथै नेपालका चर्चित कलाकारहरु मुख्य जुरीको रुपमा रहनेछन् । नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुको पनि कार्यक्रममा उपस्थिती रहनेछ ।

पेज थ्रि ले उत्सव इभेन्टको सहकार्यमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको पहिलो संस्करण होटल सोल्टीमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here