उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ असार । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । बैंकिङ १६ विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, लघुवित्त १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह १७४ अंकले बढे ।

आज साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघसवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि छ ।

नेप्सेका अनुसार बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको भएको छ । यसको आज २२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रमा हिमालय डिस्टिलरीको ८ करोड ८१ लाख हजार र तेस्रोमा शिवम् सिमेन्टको ६ करोड ९७ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here