नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

फाइलफोटो

काठमाडौं, १९ असार । नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।उक्त सिरिजअब जुलाई ५ र ६ मा हुने जनाएको छ ।

यसअघि यो सिरिज जुलाई ४ र ५ मा हुने तालिका थियो । नेपालले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारिएको क्यानले बताएको छ ।

नेपालले स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि क्यानडा भ्रमण गरेको हो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।

नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।

नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । क्यानडाको भ्रमणपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here