नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

काठमाडौं, १९ असार । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ ।

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो ।

यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा फैलिएको छ भन्ने देखाउँछ ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here