वर्षौदेखी विद्युत सुविधा विहीन दोधारा चाँदनीको दुर्गम बस्ती

पप्पु गुरुङ्ग

दोधारा, १९ असार । सबै जसो टोल बस्तीले बिजली उपभोग गरिरहदा दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० अठार नम्वर पिल्लर बस्ती विद्युत सुविधा बाट बञ्चित रही अन्धकारमा बस्न बाध्य छ ।

दोधारा चाँदनी नगरपालिकाको भारतको सीमा जोडिएको बस्ती अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी बसोबास गर्छन् ।

बिगतमा ठूलो संख्यामा बस्ती रहेको र बाढीको कारण सबै जसो स्थानियहरु बिस्तापित भएका हुन् । उक्त बस्ती अहिले आएर जगबुडा नदीमा आउने गरेको बाढीको कारण बिस्तापितको संघारमा छ् ।

केही दिन अघि मात्रै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले जैविक तटबन्धको काम थालेको छ् ।

बलौटो जमिनमा खेती किसानी गर्दै आएका परिवारका साना साना घर रहेको बस्तीमा नेपाल सरकारले दिएका नागरिकता र एक झुलुङ्गे पुल बाहेक केही छैन् ।

उनिहरु भारत संग निर्भर हुदै आएका छन् । जगबुडा नदीको पारी रहेको अठार नम्वर पिल्लर बस्तीमा विद्युत सुविधान नपुग्दा स्थानियबासी अन्धकारमा बस्नु बाध्य भएका हुन् ।

उनिहरुले विद्युत सुविधाका लागि हार गुहार नगरेका भने होइनन्, कतै बाट सुनवाई नभएपछि त्यहाँ बस्ती बसे देखी आधरभूत विद्युत सुविधा विहीन रात विताउँन बाध्य छन् ।

चुनावको बेला सबै नेताहरु भोट माग्न पुग्दा सबै थोक गरिदिने भन्दै आएपनि अझै सम्म उनिहरुको आधारभूत आवश्यकता समेत सरकारले पुरा नगरेको गुनासो सुन्न पाईन्छ् ।

अहिले पनि उनिहरु जगबुडा नदीको क्रासबाट मुत्त हुन सकेका छैनन् । जब वर्षाको मौसम सुरु हुन्छ उनिहरुलाइ जगबुडा नदिको त्रासले सताउने गर्छ् ।

हिउँदमा जगबुडा नदीको कटानीले खेती योग्य जग्गा सखाफ पारिसेकको छ् । अहिले पनि बस्तीको छेउमै जगबुडा नदी पुगिसकेको छ् ।

झण्डै ४ दशक नाघि सक्दा पनि तटिय रहेको बस्तीका बासिन्दा विद्युत विहीन जीवन विताउन वाध्य हुनु विडम्बनाको कुरा बनेको स्थानियबासीको गुनासो छ् ।

पछिल्लो समय स्थानिय सरकारको समेत उनिहरुलाई विद्युत सुविध उपलब्ध गराउने तर्फ ध्यान जान सकेको छैन् ।

सबै तिर बाट ध्यान नपुगेपछि विद्युत सुविधाको आशा मारेका उनिहरु अहिले सामान्य बैकल्पिक सौर्ज उर्जा प्रयोग गर्दै आएका छन् ।

उनिहरुले भारतमा गएर विद्युत चार्ज गर्न बाध्य भएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, मानविय चेतनाको हिसाबले पछि परेको मानविय बस्तिमा विद्युत नभएका कारण सीमा क्षेत्रमा हुने चोरी, जंगली जनावर, बिषालु सर्प कारण स्थानियबासी सदा त्रासमा रहेर जीवन निर्वाह गर्दै आएको अवस्थामा सरकारको ध्यान नगएको स्थानिय माया सुनारले बताइन् ।

सौर्य उर्जाबाट रातीको बेला सामान्य बत्ती बाल्न सम्म पुग्ने गरेको छ् । सौर्य उर्जाको व्याट्री राम्ररी चार्ज नभएको अवस्थामा भने रातीको समयमा अन्धकारमा बस्नु पर्ने स्थानियको गुनासो छ ।

सबै भन्दा ठूलो खतर भारत संग जोडिएको बस्ती भएको कारण रातीको समयमा चोरी तथा आक्रमणको खतरा रहेको रहेको उनिहरु बताउँछन् ।

दोधारा चाँदनी नगरपालिकाको जगबुडा पारीको बस्ती बडवाल टोल, सुन्दरनगर, कुतियाकवर बस्तीमा बिद्युत सेवा बिस्तार भईसकेको अवस्थामा अठार नम्वर पिल्लर बस्ती अझै अझै सम्म विद्युत सेवाबाट बन्चित हुदै आएका छन् ।