आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी क्लिनिकबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरे ।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेशालिटी क्लिनिक महाराजगञ्ज, काठमाडौँमा प्राप्त हुने सेवाहरू जस्तैः एक्स–रे, इसिजि, इकोलगायतका सेवाहरूमा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी स्पेशालिटी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here