अनुमतिविना माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । दूरसञ्चार प्राधिकरणको स्वीकृतिविना एलसीक्स जीएच जेड ५ दशमलव ९२५ गीगाहर्ज, ४ दशमलव ९२५ गीगाहर्ज व्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न भनेको छ ।

प्राधिकरणको स्वीकृति बिना विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने त्यसप्रकारको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने भन्ने बुझिएकोले स्वीकृति नलिइन प्रयोग नगर्न भनेको हो ।

प्राधिकरणबाट अनुमति प्राप्त बिना अनधिकृत रुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ ।

साथै गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा वा जानकारी भएमा प्राधिकरणलाई जानकारी गराउन समेत भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here