‘सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव’ वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, २० असार । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव हुने बताएका छन् ।

चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । ‘स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ ।

त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु ।’ उनले भने ।उनले स्थानीय निकायका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए ।

ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए ।

यसरी प्रतिष्पर्धा गर्दा स्थानीय निकायहरुले स्थानीयवासीहरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि संकलन हुने ढकालको भनाई थियो ।

त्यस्तै,उनले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरुलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवद्र्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्याएको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here