काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

काठमाडौं, २० असार । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।

दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका प्रहरीले जनाएको छ ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here