उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं, २० असार । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३४ कम्पनीको ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको १ करोड ८ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा हरियो भएको छ भने अन्य घटेको छ ।

बैंकिङ १ विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन४५, लघुवित्त ६० र अन्य २७ अंकले घटेको छ ।

निर्जीवन बीमा ५५, र ब्यापार उपसमूह १०४ अंक र जीवन बीमा ४८ अंकले बढेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र ङादी ग्रुप पावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार ग्लोबल आईएमइ बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ९० लाख र तेस्रोमा एशियन लाइफको १२ करोड ९६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here