गायक सन्तोष गुरुङको ‘अब फेरि तिम्रो यादमा’ (भिडियोसहित)

काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ ।

गुरुङको ‘अब फेरि तिम्रो यादमा’बोलको उक्त गीत सुरज विश्वकर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम मोक्तानको शब्द संगीत रहेको गीतमा गुरुङको स्वर रहेको छ ।

माया प्रेममा आधारित गीत ‘मेमोरी’एल्बममा समावेश छ । सुरज विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोमा नयन गुरुङ, प्रशान गुरुङ र सागर रानामगरको फिचरिङ देख्न पाइन्छ ।

क्यानभासप्लस मल्टीमिडिया सञ्चालक’ गुरुङले दुई दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका छन् भो म्यूजिक भिडियो निर्देशक समेत गरेका छन् ।

सीमित तर गहन किसिमका गीत गाउन रुचाउने गुरुङ पछिल्लो समयमा राजनीतिमा सक्रिय छन् ।

०६२ सालमा कन्याममा चिया टिप्ने ठिटी नामक गीत रेकडिङ गरेर गायनमा आफ्नो पाईला बढाएका गुरुङले २०६९ सालमा ‘सुनसान रात’ गीतवाट वेष्ट न्यु आर्टिसमा ईमेज अवार्ड समेत हात परिसकेका छन् ।

उनको ‘मतसधै’ गीत पछिल्लो समय चर्चामा आएको गीत हो । नयाँ वर्षको अवसरमा ‘यो बैंश’ गीत सार्वजनिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here