पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा ९ रुपैयाँ वृद्धि

काठमार्डौं, २० असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने चलाइएको छैन । निगम अहिले हवाई इन्धनबाहेक अन्य सबैमा घाटामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here