वैशाखयता प्राकृतिक विपदमा १०७ जनाको मृत्यु, १२५३ परिवार प्रभावित

काठमाडौं, २१ असार । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि असार २० गतेसम्म विपद्जन्य घटनामा परेर १ सय २० जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

२२२ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् । यस अवधिमा पहिरोमा १४ बाढीमा ३ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ४१ जना, आगलागीबाट १९ सर्पदशंबाट ५ जनावर आतंकबाट १२ र हावाहुरीका कारण १० जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here