रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जना घाइते

काठमाडौं, २१ असार । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए।

‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले भने, ‘९ जनाको घटनास्थलमै मृत्यु भएको छ।’

त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here