उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४६.८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँ बराबरको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूह घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

ङादी ग्रुप पावरको शेयरमूल्य आज ९।९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण काबेलीको ११ करोड ८३ लाखको कारोबार भएको छ । तेस्रोमा शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here