काठमाडौं, २२ असार । राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
बुधवार एक सूचना सार्वजनिक गर्दै सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्ध गरिएको जनाएको हो ।
बीमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक, सहजकारी तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।