सिभिल बैंकले पायाे आईएसओ सर्टिफिकेट, अध्यक्षले भने-मर्जका लागि छलफल हुँदैछ

काठमाडौं । सिभिल बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले बिहीबार काठमाडाैंमा एक पत्रकार सम्मेलन गरी उक्त प्रमाणपत्र ग्रहण गरेकाे हाे ।

प्रमाणपत्र प्रदान गर्ने संस्था युनाइटेड रजिष्ट्रर अफ सिस्टम (युआरएस)का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख अधिकृत गोविन्द गुरुङलाई
प्रमाणपत्र हस्तान्तरण गरे ।

उक्त प्रमाणपत्र कुनै पनि संस्थाले आप्mनो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कत गर्दै अनवरत रुपमा अन्तराष्ट्रिय सेवा तथा सुविधाहरु प्रदान गर्दा पाईने गुणस्तरको प्रमाणिकरण हो ।

समृद्धिको लागि सिभिल बैंक भन्ने नारा लिएको बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेकाे अवसरमा सीईओ गुरुङले आगामी दिनमा पनि बैंकलाई ग्राहकमैत्री सुविधा हुने गरी उत्कृष्ट आधुनिक डिजिटल बैंकिङ प्रोडक्टहरु मार्फत सेवा दिने बताए ।

त्यस्तै बैंकका अध्यक्ष ईच्छाराज तामाङले राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दिएपछि विभिन्न ८/१० ओटा बैंकहरुसँग मर्जरको विषयमा छलफल गरीरहेकाे बताएका छन् ।

उनले आफूभन्दा माथिल्लाे स्तरका बैंकसँग मर्जमा जाने चाहना अनुरूप छलफल भइरहेकाे जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here