दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २२ असार । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये १० वटाको बढेको छ भने ३ वटा समूह घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन शेयरमूल्य १० प्रतिशतले बढेर को छ ।

सिवाईसी लघुवित्त वित्तीय शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, तेह्रथुम पावर ७.७८, सिभिल बैंक ७, रिलायन्स फाइनान्स ६.४२, इमर्जिङ नेपाल ६.१६, कालिका पावर ५.०३, श्री इन्भेष्टमेन्ट, अपर तामाकोशी, छ्याङ्दी र युनाटेड मोदी हाइडोपावरको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनसीसी डिभेञ्चर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गोर्खाज फाइनान्सको भएको छ । यसको आज ११ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख र तेस्रोमा सिभिल बैकको १० करोड ५४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here