पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी

काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार २१ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here