हवाई भाडा बढ्यो, कुन गन्तब्यमा कति ? (सूचीसहित)

काठमाडौं, २२ असार । हवाई सेवाप्रदायकहरुले भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म वृद्धि भएको छ । माउन्टेन फ्लाइटको भाडादर १४ हजार ७२० रुपैयाँ कायम भएको सङ्घले जनाएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा २२० रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं-धनगढी १७ हजार २५ रुपैयाँ कायम भएको छ ।

काठमाडौं– विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८० काठमाडौं–भैरहवा १००, काठमाडौं–नेपालगञ्ज १६५, काठमाडौं–तुम्लिङटार ९५ र काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको छ ।

भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ ।

यस रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here