शुक्रवार रातिदेखि वर्षा पुनः बढ्ने, सतर्कता अपनाउ आग्रह

फाइलफोटो

काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

बुधबारदेखि वर्षा हुने क्रम केही कम भएको भए पनि शुक्रबार रातिदेखि पुनः बढ्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौमसविद्का अनुसार बिहीबारदेखि शुक्रबार साँझसम्म धेरै वर्षाको सम्भावना छैन।

असार २३ गते (बिहिबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

असार २४ गते (शुक्रबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

असार २५ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here