दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं, २३ असार । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक (नेप्से)१६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बराबरको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । बुधवार २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३ वटा समूह मध्ये १२ वटा राताम्मे भएका छन् भने १ वटा बढेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

समग्रमा बजार घटे पनि माउन्टेन हाइड्रो नेपालको शेयर भने ३ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार समिट लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण काबेलीको ६ करोड ३० लाखको कारोबार भएको छ । तेस्रोमा शिवम् सिमेन्टको ६ करोड २५ लाख, हिमालय डिस्टिलरीको ५ करोड ९० लाख र अपर तामाकोशीको ५ करोड ८२ लाखको कारोबार भएको छ ।

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here