‘बाबरी’को गीतमा ‘चुलबुल चुलबुल’ गर्दै अदिती र धीरज

काठमाडौं । फिल्म ‘बाबरी’को नयाँ गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक भएको छ ।

भदौ ३१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा अदिती बुढाथोकी र धीरज मगर फिचर्ड छन् । सुजन चापागाईले संगीत गरेको गीतमा रविन्द्र लामिछानेको शब्द रचना छ ।

विक्रम लामा र एञ्जिला खत्रीको नृत्य निर्देशन रहेको डान्स ट्रयाक रोमान्टिक लाग्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here