दोधारा चाँदनी साक्षर नगरपालिका घोषणा

पप्पु गुरुङ्ग

दोधारा २३ असार । दोधारा चाँदनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा आयोजित एक कार्यक्रमका बिच दोधारा चाँदनी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकामा रहेको कुल जनसंख्या मध्ये ९६ दशमलव ०६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा ३ प्रतिशत निरक्षर, ९७ प्रतिशत साक्षर, वडा नं. २ मा ३ दशमलव ६२ प्रतिशत निरक्षर, ९६ दशमलव ३८ प्रतिशत साक्षर, वडा नं. ३ मा ३ दशमलव २७० प्रतिशत निरक्षर, ९६ दशमलव ७३ प्रतिशत साक्षर, वडा नं. ४ मा ३ दशमलव ४९० प्रतिशत निरक्षर रहेका छन् ।

९६ दशमलव ५० प्रतिशत साक्षर, वडा नं. ५ मा ४ दशमलव ९७० प्रतिशत निरक्षर, ९५ दशमलव ०३ प्रतिशत साक्षर, वडा नं. ६ मा ४ दशमलव ६८ प्रतिशत निरक्षर, ९५ दशमलव ३२ प्रतिशत साक्षर, वडा नं. ७ मा ४ दशमलव ५२ प्रतिशत निरक्षर, ९५ दशमलव ४५ प्रतिशत साक्षर, वडा नं. ८ मा ४ दशमलव ९९ प्रतिशत निरक्षर, ९५ दशमलव ०१ प्रतिशत साक्षर रहेका छन् ।

वडा नं. ९ मा ४ दशमलव ९४ प्रतिशत निरक्षर, ९५ दशमलव ०६ प्रतिशत साक्षर र वडा नं. १० मा ५ प्रतिशत निरक्षर र ९५ प्रतिशत साक्षर रहेका छन् । समग्र दोधारा चाँदनी नगरपालिकामा ३ दशमलव ९४० प्रतिशत निरक्षर र ९६ दशमलव ०६ प्रतिशत साक्षर रहेका छन् ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ् । शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार नगरपालिकालाई साक्षरता अभियान सञ्चालनका लागि जनसंख्याको घरधुरी सर्वेक्षण, सामुदायिक सिकाई केन्द्रका पदाधिकारी संग छलफल लगाएतका कार्य गरिएको हो ।

निर्धारण गरिएका राष्ट्र भाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाइल वा क्यालकुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अध्यक्षतामा संचालन भएको साक्षर घोषणा कार्यक्रममा दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशी, शिक्षा बिकास तथा समन्वय ईकाइका शाखा अधिकृत रुपराम तिरुवा, वडाध्यक्षहरु, राजनितिक दलका नेता, प्रधानध्यापक, शिक्षक लगाएत सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निरक्षर रहेकाहरुलाई साक्षर बनाउन र साक्षर रहेकाहरुलाई शिक्षित बनाउन जोड दिनु पर्ने बताएका छन् ।

सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र गरिब जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुच बढाउन थप कार्य गर्न अझै बाँकी रहेको मेयर लिम्बुले बताएका छन् । कार्यक्रममा वडाध्यक्ष, सिकाई केन्द्रका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here