युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २३ असार । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रेम आले पर्यटन मन्त्रीमा बहाल रहँदा भएको विवादका क्रममा सरकारले अधिकारीलाई निलम्बन गरी दीपुराज ज्वारचनलाई गरेको अस्थायी नियुक्ति गरेको थियो ।

एकीकृत समाजवादी सचिवालयको जेठ २२ गतेको निर्णयअनुसार अधिकारीलाई निलम्बन प्रस्ताव लैजाने आले मन्त्रीबाटै फिर्ता भइसकेका छन्। अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीका रुपमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here