सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेको चलचित्र ‘दोख’ प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दोख’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। अनुप बरालले निर्देशन गरेको चलचित्र शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको हो।

दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा रहेको चलचित्र तत्कालीन सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेर विभिन्न कथा भन्ने सिनेमा हो ।

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमनी गुरुङ, माओत्से गुरुङ मुख्य भूमिकामा छन्।

यसअघि सार्वजनिक फिल्मको ट्रेलरमा माओवादी युद्धको समयमा एक जंगलको सीमा विवादलाई फुटबल खेलमार्फत् गर्न खोजिएको समाधान देखिन्छ।

सँगै आम नागरिकमाथि माओवादी युद्धका क्रममा भएका ज्यादतीका अंशहरु पनि ट्रेलरमा पोखिएका छन्।