शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने हिमालयन उर्जा विकासका लगानीकर्ता

काठमाडौं, २४ असार । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । विहीवार १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बाराबरको कारोबार भएको थियो । आज दुइ घण्टामात्र कारोबार भएको हो ।

आज कारोबार भएका १३ वटा समूह राताम्मे भएका छन् । आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, युनाइटेड इदी मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

कारोबार मध्ये तीन कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । ग्लोबल आईएमई समुन्नत स्किम १, नबिल इन्क्युटी फण्ड र केबीएल डिभेञ्चरको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । यसको शेयरमूल्य आज २ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here