एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

काठमाडौं, २४ असार । पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार १४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here