नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता

काठमाडौं, २४ असार । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विधेयक फिर्ता लिने प्रस्तावको विरोध गरेका थिए। उनीहरुले लामो समय छलफल भएको र संसदको मस्यौदा समितिबाट पनि पास भइसकेको विधेयकलाई नै अगाडि बढाउन आग्रह गरेका थिए।

तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते यो विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here