बालेनको घोषणा : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

२५ असार, काठमाडौं । कडा आलोचनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र्‍यापर यमबुद्धको सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णयबाट पछी हटेका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’ बालेन समेत पराम्परागत राजनीतिक संस्कारबाट माथि उठ्न नसकेको भन्दै अहिले पनि उनको आलोचना भने थाम्मिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here