पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना पुष्टी

काठमाडौं,२५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार देशभर २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here