२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले सोमवार २२ अर्ब ६० करोड करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबार ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

बैंकका अनुसार बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल असोज २५ गते परिपक्क हुने छ ।

त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ भने बैंकले ३६४ दिनको लागि ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने छ ।

यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ । बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलबार बिक्री हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।