‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले केही सहज भूमिका खेल्ने निजी क्षेत्रको अपेक्षा छ’

काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले केही सहज भूमिका खेल्नु पर्ने बताएका छन् ।

आइतबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन ।

उनले नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्नुपर्ने बताए ।

उनले ६/७ प्रतिशतको ब्याजदर १२/१३ प्रतिशत पुगेको बताउँदै ६ महिनामै दोब्बर भएको बताए । ‘ब्याजदर कम हुँदा पनि धेरै बिकृति थिए, अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको छ,’ उनले भने ।

‘साना र मझौला उद्यमी धेरै समस्यामा छन्। बैंकहरूले दिने भनेको ऋणसमेत दिन नसक्दा अवस्था नाजुक छ। यसअघि साना र मझौला लगानीकर्ताका लागि सेबोनले पनि रोल खेल्नुपर्ने थियो’, छलफलमा उनले भने, ‘तर साना र मझौला लगानीकर्तालाई ज्ञान पनि थिएन। उनीहरूलाई सेफ ल्यानडिङका लागि राहत दिनेगरी मौद्रिक नीति आउनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here