पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना पुष्टी, ३१ जना संक्रमण मुक्त

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा १२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी १२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ३१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here