मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव, यसरी पठाउनुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।

उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना monetarypolicy@nrb.org.np सुझाव तथा राय पठाउन सकिने छ ।

राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो ।

मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here