श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि (प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबराको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्ने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा साउन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here