देशलाई आर्थिक संकटबाट जोगाउन पूँजी र प्रविधि भित्र्याउन एनआरएनसँग आग्रह

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परेको भन्दै त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा उनले विश्वमा देखिएको कोरोना प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि देखिएको बताए । साथै त्यो समस्या आफुहरुले झेलिरहेको समेत जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभर रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे । ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोुस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’

सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेक समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे । लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको भनाई थियो ।

नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here