शोधनान्तर स्थिति २ खर्ब ६९ अर्बले घाटामा

काठमाडौं, २७ असार । शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.५९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ११ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई रु.९ अर्ब ४९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ३५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २० करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here