नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ गरी १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ४४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७७० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here