धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं, २७ असार । धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ ।

हिजोदेखि सामाजिक सञ्जालमा भाइरल रहेको धोबीखोलामा फोहार फालेको भिडियोको आधारमा महानगरले यस्तो कारबाही गरेको हो ।

महानगरपालिकाले कुनै पनि यस्ता आवञ्छित कार्यहरु कसैले पनि नगर्न आग्रह गरेको छ । महानगरले छानबिनबाट फोहोर फाल्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याएको हो ।

महानगरपालिकाले साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टै उठाउने भएको छ । फोहोरमैला व्यवस्थापन जटिल बन्दै गइरहेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताए ।

उनले आज भएको बैठकमा फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा सबैलाई साथ रहने बताएका हुन् ।

बैठकमा उपत्यकाको साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा छलफल भएको थियो । दिगो फोहोरमैला व्यवस्थापनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहने उनले बताए ।

शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ ।’

उपत्यकामा दैनिक १२०० टन फोहोर संकलन हुन्छ भने काठमाडौं महानगरपालिकामा मात्रै ५५० टन फोहोर जम्मा हुन्छ । काठमाडौं उपत्यकाबाट दैनिक १२ सय टन फोहोर संकलन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here