चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुल्यो

काठमाडौं, २८ असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।

मन्त्रालयले मंगलवार एक सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको हो ।

बोर्डमा खुल्ला प्रतिष्पर्धाद्धारा उपाध्यक्ष पदमा पदपूर्ति गर्न लागिएको हो । आजको मितिले २१ दिनभित्र आवेदन दिनका लागि मन्त्रालयले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here