ब्रह्माण्डको पहिलो रङ्गिन तस्बिर सार्वजनिक

काठमाडौं । इतिहासमै पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ । सोमवार एक कार्यक्रमबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइटहाउसमा गरिएको ब्रिफ्रिङको क्रममा यो तस्बिर सार्वजनिक गरेका हुन् ।

यो जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो पूर्ण–रङ तथा क्लियर तस्बिर हो ।

यसका लागि अमेरिकी अनुसन्धान संस्था नासाले युरोपियन स्पेस एजेन्सी र क्यानडियन स्पेस एजेन्सीसँग सहकार्य गरेको थियो ।

१० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष २५ डिसेम्बरमा प्रक्षेपण गरिएको थियो। यसले आकाशको सबै प्रकारको अवलोकन गर्नेछ भने दुई वटा खास लक्ष्य रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here