पोखराको आकाशमा फेरि उड्दै ‘हट एयर बेलुन’

पोखरा । कोरोनाका कारण बन्द रहेको पोखराको ‘हट एयर बेलुन’ पुनः सञ्चालनमा आउने भएको छ ।

हिमालयन इन्भेष्टमेन्ट प्रालिले सञ्चालनमा ल्याएको ‘हट एयर बेलुन’ सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउन लागेको हो । यस अघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान शुरु गरिएको थियो ।

समुन्द्र सतहदेखि तीनरचार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिनेछ ।

बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ ।

बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ ।

साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ । बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ ।

स्पेनमा निर्माण भएको २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here