२० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

काठमाडौं, २८ असार । २० बर्षपछि अमेरिकी डलर र यूरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्।

२० बर्षयता युरोको मूल्य वा विनिमय दर जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो।

पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते बराबर मूल्यमा आएको हो ।

रुस९युक्रेन युद्ध र कोभिड पछाडिको आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ।

महाद्वीपमा मन्दीको प्रचुर मात्रामा डर र उच्च मुद्रास्फीति तथा युक्रेनमा रूसको आक्रमणको कारण ऊर्जा आपूर्ति अनिश्चितताको कारण युरोको भाउ घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here