एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित

काठमाडौं, २८ असार । एक सातामा वाणिज्य बैंकहरूमा ६२ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।

असार २४ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ९३ अर्ब निक्षेप थपिएको छ ।

निक्षेप संकलनमा आक्रमक भएका बैंकहरुको कर्जा लगानी भने सुस्त देखिएको छ । असार चौथो सातामा ९३ अर्ब निक्षेप संकलन गर्दा कर्जा लगानी भने १९ अर्बले घटेको छ ।

आवको जेठ मसान्तसम्म वाणिज्य बैंकको कुल ऋण ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्ममा १९ अर्बले घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक महिनामा १९ अर्ब रुपैयाँले घटेको छ । गत जेठ मसान्तसम्म कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असार चौथो सातासम्म कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् ।

एक सातामा वाणिज्य बैंकहरुको कर्जामा १० अर्ब रुपैयाँ गिरावट देखिएको छ । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । आधा दर्जन बैंकहरुलाई भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्न चुनौति नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here