सेञ्चुरी बैंक र मोको डिजिटलबीच वालेट सम्झौता, क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने

century

काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here