राप्ती हाइड्रोको आइपीओ खुल्यो

काठमाडौं, २९ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आज (असार २९ गते)देखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

निष्काशिथ कुल सेयर मध्ये ७० हजार ९८८ कित्ता कम्पनीका कर्मचारी र १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा साउन ११ गतेसम्म आवेदन दि पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here